रास्वपाद्वारा निर्वाचन आचारसहिता उल्लंघनमा रास्वपा : काठमाडौं ४ मा मतदतालाई प्रभावमा पर्ने हर्कत(भिडियो सहित)

20

काठमाडौँ । निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचार संहितालाई काठमाडौं जिल्लामै राजनीतिक दलले लत्याउदै खुलेआम प्रचार प्रचासर गरेको भेटिएको छ ।

यसैक्रममा निर्वाचनको मौन अवधिको अन्तिम दिन आचारसंहिता उल्लंघन गर्दै प्रचारप्रसारमा संलग्न रहेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताहरूलाई स्थानीयले नियन्त्रणमा लिएसंगै आचारसंहिता उल्लघन गरेको पाईएको छ।

प्राप्त विवरण अनुुसार काठमाडौँ निर्वाचन क्षेत्र नं ४ अन्तर्गत ज्योतिनगर पुल नजिकै रहेको एकताबस्तीमा बुधबार प्रचार सामग्रीसहित हिँडिरहेका रास्वपाका कार्यकर्ता देवेन्द्र मास्केलाई स्थानीयले फेला पारेका हुन् ।

एउटा बुलेट मोटरसाइकलमा सवार दुई जनालाई शंका लागेर रोक्दा उनीहरूको साथबाट रास्वपाका उम्मेदवार पुकार बमको भिजिटिङ कार्डु को ठूलो मुठो र अन्य विभिन्न प्रचारमूलक कागजातहरू बरामद भएको स्थानीयले बताएका छन् ।

मौन अवधिमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न नपाइने निर्वाचन आयोगको स्पष्ट निर्देशनविपरीत रास्वपाका कार्यकर्ताहरू भोट माग्न र कार्ड बाँड्न बस्तीमा छिरेपछि स्थानीयले उनीहरूलाई समातेर विरोध जनाएका हुन् ।

घटनापछि उम्मेदवार पुकार बम र रास्वपाको चर्को आलोचना भइरहेको छ । निर्वाचन आचारसंहिताको गम्भीर उल्लंघन भएको भन्दै स्थानीयले निर्वाचन अधिकृतको कार्यालयको ध्यानाकर्षण समेत गराएका छन् ।

काठमाडौँ क्षेत्र नं ४ मा यसपटक त्रिपक्षीय प्रतिस्पर्धा देखिए पनि नेपाली कांग्रेसका सचिन तिमिल्सिनाको पक्षमा जनलहर बलियो रहेको र उनको विजय हुने अनुमान स्थानीय स्तरमा व्यापक छ । यस क्षेत्रमा नेकपा एमालेका तर्फबाट राजन भट्टराई पनि चुनावी मैदानमा छन् ।

समाचार वर्गहरू