निर्वाचन आयुक्तमा कृष्णमान प्रधानको नाम सिफारिस

39

काठमाडौं – संवैधानिक परिषदको बैठकले निर्वाचन आयोगको रिक्त रहेको आयुक्त पदमा कृष्णमान प्रधानलाई सिफारिस गरेको छ ।

प्रधानमन्त्रीको अध्यक्षतामा बस्ने संवैधानिक परिषद्को बैठकमा प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभा अध्यक्ष, प्रधानन्यायाधीश, प्रमुख प्रतिपक्षी दलका नतो र प्रतिनिधि सभाको उपसभामुख सदस्य रहने व्यवस्था रहेको छ ।

आइतबार बसेको बैठकले निर्वाचन आयोगसहित प्राकृतिक स्रोत तथा वित्त आयोग, समावेशी आयोग र मुस्लिम आयोगमा एक–एकजना सदस्य नियुक्तिको लागि सिफारिस गर्ने विषयमा निर्णय गर्ने तयारी गरेपनी निर्वाचन आयोगबाहेक अन्यमा भने आज सहमति हुन नसकेको बताइएको छ ।

आयोगको आयुक्त पदमा नियुक्तिका लागि सिफारिस भएका प्रधानको संसदिय सुनुवाइ पश्चात नियुक्तीको प्रक्रिया अघी बढ्ने छ ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू