निर्वाचन आयोगको चुनावी छलफल,एमालेबाहेक सबै दल सहभागी

108

काठमाडौं – निर्वाचन आयोग आसन्न प्रतिनिधि सभा निर्वाचनको तयारीमा जुटेको छ ।

निर्वाचन आयोगले फागुन २१ को निर्वाचन सफल बनाउन विभिन्न क्षेत्र पेशाका व्यक्ति, नागरिक समाज तथा राजनीतिक दलसँग समूहगत, प्यानलगत रुपमा निरन्तर छलफल गरिरहेको छ ।

आयोगका अनुसार आइतबारसम्म नेपालमा १ सय २२ वटा राजनीतिक दल क्रियाशील छन् । अन्तरिम सरकारले निर्वाचन घोषणा गर्दा कायम रहेको दल संख्या र हालको संख्या बराबर देखिए पनि यस अवधिमा नयाँ दल दर्ता हुने र पुराना खारेज हुने क्रम भने निरन्तर छ ।

यहीबीचमा आयोगले निर्वाचन केन्द्रित बहसलाई तीव्र पारेको छ । आयोगका यस्ता गतिविधि तथा छलफलमा सबै दल सहभागी भए पनि नेकपा एमाले भने सहभागी भएको छैन ।

आयोग स्रोतले भन्यो, ‘अहिलेसम्म सरकारले सुरक्षाको प्रत्याभूति गराएसँगै आयोगले निर्वाचनको पूर्ण तयारी गरिरहेको छ । यस्ता दलगत छलफलमा हामीले आयोगमा दर्ता भएका सबै दललाई निम्ता गर्ने गरेका छौँ । यसमध्ये नेकपा एमाले अहिलेसम्म छलफलमा सहभागी भएको छैन । यसरी हेर्दा एमालेले चाहिँ निर्वाचन बहिष्कार गरेको हो कि भन्ने बुझाइ छ ।’

नेकपा एमालेका नेताहरूले पनि यही अवस्थामा निर्वाचन हुन नसक्ने दावी गर्दै आएका छन् । देशभर मोटरसाइकल र्‍यालीसहित शनिबार ७७ वटै जिल्लामा प्रदर्शन गरेको एमालेले प्रतिनिधि सभा पुनर्स्थापनालाई मुख्य एजेण्डा बनाएको छ ।

समाचार वर्गहरू