काठमाडौं– निर्वाचन आयोगले समानुपातिक निर्वाचनतर्फको बन्दसूची सार्वजनिक गरेको छ । आयोगले आइतबार बिहान सार्वजनिक गरेको बन्दसूचीअनुसार समानुपातिकतर्फ ४७ दलका ६ हजार ४८० उम्मेदवार रहेका छन् ।
त्यस्तै प्रतिनिधिसभातर्फ ४७ दलका उम्मेदवारको संख्या २ हजार ४०३ छ भने सात प्रदेशमा गरी कूल ४ हजार ५७ जनाको नाम बन्दसूचीमा समावेश गरिएको छ ।
निर्वाचन आयोगले प्रतिनिधी सभा तथा प्रदेशसभा तर्फको पहिलोहुने निर्वाचित हुने प्रणाली अन्तर्गतको मनोनयन दर्ताको कार्यक्रम आइतबार(आज) देशैभर राखेको छ ।
राजनीतिक दलले पेश गरेको उम्मेदवारको बन्दसूची: