मध्यबिन्दु/काठमाडौं – अग्निप्रसाद सापकोटालाई प्रतिनिधिसभाको सभामुख बनाइएको विरोधमा धर्ना दिने १२ मानवअधिकारकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । राष्ट्रपति कार्यालय अगाडि धर्ना दिन गएका उनीहरुलाई केहीबेर अगाडि महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले नियन्त्रणमा लिएको हो ।
राष्ट्रपति कार्यालयको निषेधित क्षेत्र तोड्न खोजेपछि उनीहरुलाई नियन्त्रणमा लिइएको वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक उमेश लम्सालले बताए । पक्राउ पर्नेमा नौ पुरुष र तीन महिला रहेका छन् ।