(नुवाकोट) – नुवाकोटमा बाहिरी जिल्लाबाट फलफूल तथा तरकारी आयातमा प्रतिबन्ध लगाइएको छ । जिल्लास्तरीय संकट व्यवस्थापन केन्द्रले कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि बाहिरी जिल्लाबाट फलफूल र तरकारी आयातमा रोक लगाएको हो ।
अर्को निर्णय नभएसम्मका लागि जिल्ला बाहिरबाट फलफूल तथा तरकारी ल्याउन रोक लगाउने प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले बताए ।
जिल्ला भित्र उत्पादित फलफूल तथा तरकारीलाई जिल्लाभित्र अभाव नहुने गरी बजारमा पुर्याउने व्यवस्थाको सहजीकरण लागि स्थानीय तहरुलाई अनुरोध गर्ने प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए ।