नुवाकोटमा मिनिट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते

25

विदुर – नुवाकोटको विदुर नगरपालिकामा मिनिट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । आइतबार बिहान ८ बजे विदुर नगरपालिका ६ स्थित मुलथलाबाट खड्ग भञ्ज्याङतर्फ जाँदै गरेको बा २ क ७९१० नम्बरको मिनिट्रक चैनपुरमा दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा रसुवाको नौकुण्ड गाउँपालिकाका १९ वर्षीय सुदिप तामाङ र खोटाङका १९ वर्षीय अविरल तामाङ रहेका जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायव उपरीक्षक राजेश थापाले जानकारी दिए ।

दूर्घटनामा घाइतेहरुको जिल्ला अस्पताल त्रिशुलीमा उपचार हुन नसकेपछि काठमाडौं पठाइएको छ ।

मिनिट्रकमा सवार सबै नागार्जुन कन्सट्रक्सन प्रालिका मजदुर रहेको जनाइएको छ । गति अनियन्त्रित हुँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू