नेकपाका सांसद र पूर्वआइजीपी खनालविरूद्ध अपहरणको उजुरी दर्ता

21

(काठमाडौं) – जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवले दिएको अपहरण सम्बन्धी जाहेरी दर्ता गरेको छ । जिल्ला सरकारी वकिलको कार्यालयमा अपहरण तथा शरीर बन्धक सम्बन्धी कसूरमा सत्तारुढ नेकपाका सांसद महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ (किसान) र नेपाल प्रहरीका निवर्तमान महानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध उजुरी दर्ता भएको हो ।

जनता समाजवादीका सांसद यादवले नेकपाका सांसदद्वय बस्नेत, श्रेष्ठ र पूर्वआइजीपी खनालविरूद्ध जनता समाजवादी बबरमहलस्थित कार्यालयमा निवेदन दिएका हुन् ।

अब सरकारी वकिल कार्यालयले उजुरीमाथि अध्ययन गर्नेछ र आवश्यकता अनुसार थप प्रक्रियाका लागि प्रहरी समक्ष पठाउनेछ । यसअघि महानगरीय प्रहरी परिसर काठमाडौंका साथै सरकारी वकिलको कार्यालयले पनि जाहेरी लिन मानेको थिएन । यादवको टोलीले मानव अधिकार आयोगमा समेत उजुरी दर्ता गराइसकेको छ ।

नेकपाका सांसदद्वय बस्नेत, श्रेष्ठ र पूर्वआइजीपी खनालले महोत्तरीस्थित घरबाट आफूलाई अपहरण गरी काठमाडौं ल्याएको सांसद यादवको निवेदनमा उल्लेख छ ।

सोमबार नै यादवले आरोप लगाएको पूर्वप्रहरी महानिरिक्षक सवेन्द्र खनाल सहित सांसद किसान श्रेष्ठ र पूर्वमन्त्री महेश बस्नेतको टोलीले पनि राष्ट्रिय मानव अधिकार आयोगमा निवेदन दिएका छन् ।

समाचार वर्गहरू