(काठमाडौं) – नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक पुनः स्थगित भएको छ । बुधबार बिहान ११ बजे धुम्बाराहीमा बस्ने भनिएको बैठक स्थगित गरेको सचिवालयले नेताहरुलाई जानकारी गराएको छ ।
उपत्यकामा फेरि कोरोना संक्रमण देखिएको र कतिपय स्थायी कमिटी सदस्यको कोरोना परीक्षण हुन बाँकी रहेकाले बैठक स्थगित गरिएको नेकपाले जनाएको छ ।
स्थायी समिति सदस्यको कोरोना परिक्षण बाँकी नै रहेकाले पनि बठक स्थगित गरिएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।