(काठमाडौं) – सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी समिति बैठक बालुवाटारमा सुरू भएको छ ।
बिहीबार बिहान ११ बजेका लागि बोलाइएको बैठक प्रधानमन्त्री केपी शर्मा ओली नआएपछि सवा १२ बजेतिर सुरू भएको छ ।
प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास गएपछि बैठक सुरू हुन केही ढिला भएको थियो ।
स्थायी कमिटी बैठकमा नेताहरुले ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिनुपर्ने माग राखेका छन् ।