नेकपा केन्द्रीय कमिटी बैठकको कार्यसूची तय

37

(काठमाडौं) – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालयले भोलिदेखि बस्ने केन्द्रीय कमिटी बैठकको कार्यसूची तय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकको कार्यसूची तय गरेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको उद्घाटन मन्तव्यपछि अर्का अध्यक्ष पुष्पकमल दाहालले पार्टीको राजनीतिक प्रतिवेदन पेश गर्नेछन् । त्यसैगरी बैठकमा महासचिव विष्णुप्रसाद पौडेलले साङ्गठनिक प्रतिवेदन तथा विधान संशोधन प्रस्ताव प्रस्तुत गर्ने र सातै प्रदेशका अध्यक्षहरूले आ–आफ्नो प्रदेश कमिटीको साङ्गठनिक प्रतिवेदन पेश गर्ने कार्यक्रम तय भएको प्रवक्ता श्रेष्ठले बताए ।

सममायिक प्रस्ताव र विविध विषयसमेत बैठकमा प्रस्तुत हुने बताइएको छ । उनका अनुसार समसामयिक प्रस्ताव अहिलेको राजनीतिक गतिविधिमा केन्द्रित हुनेछ ।

बैठक भोलि ११ बजेदेखि राष्ट्रिय सभागृहमा बस्दैछ । पार्टी एकीकरणपछि पहिलोपटक केन्द्रीय समितिको बैठक बस्न लागेको हो । नेकपाको केन्द्रीय समिति ४४५ सदस्यीय छ । विसं २०७७ चैतको मसान्तसम्म पार्टीको एकता महाधिवेशन गर्ने स्थायी कमिटीले पेश गरेको प्रस्ताव केन्द्रीय कमिटीमा रहने उनले जानकारी दिए ।

समाचार वर्गहरू