नेकपा नेता नेपालको सुरक्षामा खटिएका ९ प्रहरीमा कोरोना

19

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालको सुरक्षामा खटिएका ९ जना सुरक्षाकर्मीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

३५ जनाको स्वाब संकलन गरी पीसीआर परीक्षण गरिएकोमा नेपालका पीएसओ सहित ९ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको उनको निजी सचिवालयले जनाएको छ ।

अस्ति बिहीबार नेता नेपाल, उनको परिवार, उनको सुरक्षामा खटिएका सुरक्षकर्मीसहित निवासमा रहेका ३५ जनाको स्वाब संकलन गरिएको थियो ।

नेता नेपालसहित उनको परिवारका सदस्यहरुको रिपोर्ट भने नेगेटिभ आएको छ । संक्रमित सबैलाई सुरक्षाकर्मीलाई गएराति नै आइसोलेशनमा पठाइसकिएको सचिवालयले जनाएको छ ।

 

समाचार वर्गहरू