नेकपा नेता भीम रावललाई ३० लाख हिनामिनाको आरोप

20

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश कमिटीले आर्थिक अनियमितता गरेको आरोपमा नेकपा स्थायी कमिटी सदस्य भीम रावललाई कारबाही गर्न  सिफारिस गरेको छ। सुदूरपश्चिम कमिटीले नेता रावलले अनुमतिबिना पार्टीको खाताबाट ३० लाख रूपैयाँ लिएर गएपछि उनलाई आर्थिक अनियमितताको आरोप लगाउँदै कारबाहीका लागि सिफारिस गरेको हो।

सुदूरपश्चिम कमिटी स्वयंले कारबाही गर्न नमिल्ने भएर कारबाहीका लागि केन्द्रीय कमिटीमा सिफारिस गरेको जनाएको छ। ‘‘प्रदेश कमिटी स्वयंले कारबाही गर्न नमिल्ने भएर केन्द्रमा सिफारिस गरेको हो,’’ उद्योगमन्त्रीसमेत रहेका प्रदेश इन्चार्ज लेखराज भट्टले भने, ‘‘पार्टीका पैसा अनुमतिबिना लिएर गएपछि कारबाहीको  सिफारिस गरिएको हो।’’

राजनीतिक रूपमा विभाजन हुनुअघि रावल नेकपामा सुदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारी थिए। विभाजन भएलगत्तै रावलले पार्टीको खातामा रहेको ३० लाख रूपैयाँ लगेको भन्दै केन्द्रीय सदस्य कर्ण थापालगायतले रावल माथी आरोप लगाएका थिए।

त्यसैगरी, नेपबहादुर चौधरीलगायतलाई पनि आर्थिक अनियमिताको आरोपमा कारबाहीका लागि सिफारिस गरिएको छ।

 

समाचार वर्गहरू