नेकपा फुटको संघारमा, पदिय भागबण्डा समेत मिलिसकेको आरोप

34

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीको आन्तरिक कलह चुलिंदै जाँदा पार्टी फुट्ने संकेतहरु बढ्दै गएको छ । बुधबार काठमाण्डौंमा एक पत्रकार सम्मेलनको आयोजना गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नै पार्टी फुट्न सक्ने भन्दै मानसिकता बनाएर तयार रहन आफु निकटस्थलाई भनेपटी नेकपाभित्र नयाँ उत्पन्न भएको छ ।

प्रचण्डको अभिव्यक्ति लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाले विभिन्न पदको आकांक्षा र बाँडफाँटको योजनासहित नेकपा बिघटन गर्न खोजिएको आरोप लगाएका छन् । उनले हिजो प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठले आयोजना गरेको भेटेघाटलाई ‘ग्याङ अफ फोर’ को पत्रकार भेटघाट भने । यसपछिको परिदृश्य विश्लेषण गर्दै फेसबुकमार्फत् देशीविदेशी षड्यन्त्र र चलखेल भएको भनेका छन् ।

सुर्य थापाले झलनाथ खनाल राष्ट्रपति, पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री, माधवकुमार नेपाल पार्टी अध्यक्ष र नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री बन्ने आकांक्षासहित षड्यन्त्र भइरहेको आरोप लगाए । उनले पार्टी विभाजनको खुलमखुल्ला हाँक दिइएको टिप्पणी समेत गरेका छन् ।

१० वर्ष अघि साउनको यही बेला धोबीघाट गठबन्धन परिणती अनुसार बाबुराम भट्टराई संसदीय दलको नेता, रामबहादुर थापा बादल जनसेना इन्चार्ज, मोहन वैद्य किरण संगठन विभाग प्रमुख, नारायणकाजी श्रेष्ठ उपप्रधान तथा गृहमन्त्री बन्ने गरी मोर्चाबन्दी गरिएको स्मरण पनि गराएका छन् ।

सुर्य थापाले १० बर्षअघि साउन यही बेला धाेवीघाट गठबन्धनकाे परिणति आकांक्षा र बाँडफाँट संसदीय दलकाे नेता – बाबुराम भट्टराई जनसेना ईन्चार्ज – रामबहादुर थापा”बादल” संगठन विभाग प्रमुख – माेहन वैद्य “किरण” उपप्रधानमन्त्री तथा गृहमन्त्री – नारायणकाजी श्रेष्ठपार्टी अध्यक्ष तथा संसदीय दलकाे नेताबाट पुष्पकमल दाहाल “प्रचण्ड”लाई अपदस्थ गर्न केन्द्रीय कमिटीमा हस्ताक्षर संकलन, बाबुराम, वैद्य, बादल, नारायणकाजी र बिप्लवकाे माेर्चाबन्दी भएकोमा अहिले माअाेवादी धारकाे १ दर्जन समुहमा विभाजन र विघटन भैसकेको उल्लेख गरेका छन् ।

यसैगरि थापाले अहिले १० बर्षपछि साउनकाे याे बेला खुमलटार गठबन्धनकाे रिहर्सल आकांक्षा र बाँडफाँट राष्ट्रपति – झलनाथ खनालप्रधानमन्त्री – पुष्पकमल दाहाल “प्रचण्ड” अध्यक्ष – माधवकुमार नेपाल उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री – नारायणकाजी श्रेष्ठ प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा आेलीविरूद्द दाहाल, खनाल, नेपाल र नारायणकाजी श्रेष्ठको माेर्चाबन्दी भएको आरोप लगाएका छन् । आक्रोसित भावमा थापाले याे पद, प्रतिष्ठा, गुटबन्दी र भागबण्डा नभएर विधि, पद्दति र एकताकाे लडाई रे ? पार्टी विभाजनकाे खुल्लमखुला हाँक, हाेहल्ला र रिहर्सल । नेकपा विभाजन र समाप्त पार्ने कसरत  देशीविदेशी षडयन्त्र र चलखेल ग्याङ अफ फाेरकाे पत्रकार भेघाटपछिकाे परिदृश्य ? भएको आरोप लगाएका छन् ।

समाचार वर्गहरू