काठमाडौ – नेकपा संसदीय दलको बैठक पनि आजै बस्दै छ । संघीय संसदको हिउँदे अधिवेशन सुरु हुनुअघि नेकपा संसदीय दलको बैठक बस्न लागेको हो ।
नयाँ बानेश्वरमा दिउँसो २ बजे बस्ने बैठकमा संघीय संसदको हिउँदे अधिवेशनबारे सांसदहरुलाई ब्रिफिङ गराइनेछ । संघीय संसदको हिउँदे अधिबेशन आज शुक्रबार ४ बजेबाट सुरु हुँदैछ ।
नेकपा संसदीय दलको बैठकअघि नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भेटवार्ता गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बिहान भएको भेटवार्तामा संसदको हिउँदे अधिवेसनबारे कुराकानी भएको महासचिव पौडेलले जानकारी दिए । भेटमा स्थायी समिति बैठकमा उठेका प्रश्नहरुका विषयमा पनि कुराकानी भएको जनाइएको छ ।
नेकपाको स्थायी कमिटी बैठकमा सरकार र पार्टी नेतृत्वको चर्को आलोचना गरेका सदस्यहरुले राष्ट्रिय सभा निर्वाचनमा प्रदेश २ मा राजपासँग सहकार्य गर्ने सम्झौताका बारेमा प्रश्न उठाएका थिए ।