(काठमाडौं) – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक प्र्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलिको सरकारी निवास बालुवाटारमा सुरु भएको छ। पार्टी भित्रको आन्तरिक विवाद समाधान गर्ने उद्देश्यका साथ शनिबार सचिवालय बैठक सुरु भएको हो ।
कोरोना भाइरस (कोभिड–१९) संक्रमण फैलिएपछि अन्य सचिवालयसँगै राखिएको अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को कुर्सी शनिबारको सचिवालय बैठकमा भने फेरि ओलीसँगै समानान्तर रूपमा राखिएको छ।
चार बजे सुरु हुने भनिए पनि प्रधानमन्त्रीको ब्यस्तताका कारण ढिलोगरि सुरु भएको शनिबारको बैठक पार्टीका आन्तरिक अप्ठ्यारालाई किनारा लगाउन निर्णायक हुने अनुमान गरिएको छ । बैठकमा सचिवालयका सबै सदस्य उपस्थित छन्। बैठकअघि प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष प्रचण्ड, उपाध्यक्ष वामदेव गौतम, महासचिव विष्णु पौडेल, सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’सँग भेटवार्ता गरेका थिए।