नेकपा सचिवालय वैठक स्थगित

21

मध्यविन्दु/काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक स्थगित भएको छ । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यका कारण देखाउँदै पार्टी एकताका बाँकी काम लगायतबारे छलफल गर्न आइतबार बिहान ११ बजे बोलाइएको सचिवालय बैठक स्थगित गरिएको हो ।
प्रधानमन्त्रीले शनिबार नियमति डायलाइसिस गरेका थिए । प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीको स्वास्थ्यका कारण आज बस्ने भनिएको बैठक बस्न नसक्ने बताए । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री ओलीको शनिबार नियमित डायलाइसिस पनि भएकाले उहाँ आज कुनैपनि कार्यक्रममा सहभागि नहुने जानकारी दिए ।

समाचार वर्गहरू