‘नेताले आदेश दिए पुग्ने, कार्यकर्ता आदेश कुरेर बस्नुपर्ने ?’ – गगन थापा

8

काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं महामन्त्रीका उम्मेदवार गगनकुमार थापाले महाधिवेशन अनिश्चित बन्दै गएकोमा असन्तुष्ट जनाएका छन् ।

शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत नेता थापाले कहिलेसम्म यस्तो बेहालमा पार्टी चलाइरहने भनेर प्रश्न समेत गरेका छन् ।

पार्टीको अधिवेशनको मिति सर्ने कुरा उठेको बिषयलाई लिएर थापाले नेतृत्वमा बस्नेले कहिल्यै विधिमा चल्नुनपर्ने, बेथितिको जिम्मा लिनैनपर्ने जस्तो अवस्था अब अन्त्य हुनुपर्ने बताएका छन् ।

उजले लेखेका छन् – ‘कति सजिलै सर्छ अधिवेशनको मिति१ १३ जिल्लाको वडा अधिवेशनकै टुंगो छैन।कहिल्यै विधिमा चल्नु नपर्ने,थितिमा वस्नु नपर्ने,वेथितिको जिम्मा लिनै नपर्ने। बस नेताले आदेश दिए पुग्ने, कार्यकर्ता आदेश कुरेर बस्नुपर्ने ! अब नि यस्तो बेहालमा पार्टी चलाइरहने कि बदल्ने ?सोचौं।

समाचार वर्गहरू