नेपालको आर्थिक वृद्धिदर १.८ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण

52

(काठमाडाैं) – आगामी आर्थिक वर्ष नेपालको आर्थिक वृद्धिदर १ दशमलव ८ प्रतिशतमा सीमित हुने विश्व बैंकले प्रक्षेपण गरेको छ ।

कोरोना भाइरस महामारीका कारण मुलुकको आर्थिक वृद्धि दरमा लक्ष्य भन्दा निकै गिरावट आउने विश्व बैंकले प्रक्षेपण गरेको हो । सरकारले आगामी आर्थिक वर्षका लागि ७ प्रतिशतको वृद्धिदर हासिल गर्ने लक्ष्य लिए पनि असामान्य परिस्थितिका कारण वृद्धि दर न्यून हुने देखिएको हो ।

विश्व बैंकले चालू आर्थिक वर्षको वृद्धिदर ७ दशमलभ १ प्रतिशत हुने अनुमान गरेको थियो । आगामी वर्ष २०२०/२१ मा वृद्धिदर २ दशमलव १ प्रतिशत रहने विश्व बैंकको प्रक्षेपण छ ।

यसअघि गरिएको अनुमान भन्दा ४ दशमलव ६ प्रतिशतले कमी आएको विश्व बैंकले जारी गरेको अध्ययनले देखाएको छ । दक्षिण एसियाली मुलुक मध्ये नेपालको आर्थिक वृद्धिदर दोश्रो स्थानमा रहने छ ।

पहिलो स्थानमा रहने भारतको वृद्धिदर ४ दशमलव २ प्रतिशत रहने छ । दक्षिण एसियाली मुलुक मध्ये अफगानिस्तान, मालदिभ्स, श्रीलंका र पाकिस्तानको वृद्धि दर ऋणात्मक हुनेछ ।

महामारीको असरका कारण पर्यटन ब्यवस्यमा निर्भर मालदिभ्सको वृद्धि दर माइनस १३ प्रतिशत सम्म पुग्ने छ ।

समाचार वर्गहरू