नेपालको क्रिकेट विश्वकप यात्रा अधुरो

14

काठमाडौं – नेदरल्यान्ड्ससँग ७ विकेटले पराजित भएसँगै नेपालको क्रिकेट विश्वकपमा पुग्ने संभावना सकिएको छ ।

जिम्बावेको हरारेमा शनिबार भएको निर्णायक खेलमा नेपाल नेदरल्यान्ड्ससँग ७ विकेटले पराजित भएपछि विश्वकप क्रिकेट छनोटको यात्रा अहिलेकालागी टुङ्गीएको हो ।

नेपाललाई पराजित गरेसँगै नेदरल्यान्ड्स विश्वकप छनोट खेलको सुपर सिक्समा प्रवेश गरेको छ । नेपाल रहेको समूहबाट यसअघि नै जिम्बावे र वेस्ट इन्डिज सुपर सिक्समा पुगिसकेका थिए ।

नेपालले प्रस्तुत गरेको १ सय ६८ रनको लक्ष्य नेदरल्यान्ड्सले २८ ओभरमा ३ विकेट क्षतिमा पूरा गर्‍यो ।

नेपालका लागि बलर सन्दीप लामिछानेले २ विकेट लिए भने गुल्सन झाले १ विकेट लिए । लामिछानेले ३० रन बनाएका नेदरल्यान्ड्सका ओपनर सिंहलाई एलबीडब्लू आउट गरे । त्यसैगरी लामिछानेले वेस्ली ब्यारेसीले ३ रनमा आउट गरे । ओडाउटले ३० बलमै ५० रन पूरा गरेका थिए । नेदरल्यान्ड्सका लागि वास डे लिडेले नट आउट ४१ रन प्रहार गरे ।

टस हारेर ब्याटिङ गरेको नेपाललाई सुरुदेखि नै नेदरल्यान्ड्सले दबाबमा राखेको थियो ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू