नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १३ पुग्यो

21

(काठमाडौं) – नेपालमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट ज्यान गुमाउनेको संख्या १३ पुगेको छ । यसको संक्रमणबाट कैलाली र डोल्पामा एक/एक जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १३ पुगेको छ । मन्त्रालयका अनुसार सेती प्रादेशिक अस्पतालमा ५५ वर्षीया महिलाको मृत्यु भएको छ ।

उनको कोरोना पोजेटिभ आएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । त्यसैगरी ती महिला मिर्गौला रोगबाट पीडित थिइन् । उनको जेठ २३ गते सेती अस्पतालमा डायलसिस गराउने क्रममा मृत्यु भएको हो ।

डोल्पामा पनि एक जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार ती पुरुषको ४ दिनअघि मृत्यु भएको थियो । जगदुल्ला गाँउपालिका-३ का ५८ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको पुष्टि भएको हो । उनी लामो समयदेखि दमका रोगी थिए ।

हालसम्म यो दुई संख्या गरी कोरोना संक्रमणले सिन्धुपाल्चोकमा एक, बाँकेमा एक, गुल्मीमा एक, बाराका एक, ललितपुरका एक र अर्घाखाँचीका एक, दैलेखका एक, बाजुराका एक, दोलखा एक, पाल्पाका एक, सुर्खेतका एक गरी १३ जनाको मृत्यु भएको छ ।

समाचार वर्गहरू