नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ सय नाघ्यो

38

काठमाडौं – नेपालमा कोरोना भाइरस  (कोभिड-१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या ७ सय नाघेको छ ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा विभिन्न जिल्लामा गरी २१ जनाको मृत्यु भएको जानकारी दिए ।

गत २४ घण्टामा २१ जनाको मृत्यु भएसँगै कोरोना संक्रमित मृतकको संख्या ७ सय १५ पुगेको मन्त्रालयले जनाएको छ । यसअघि बिहीबार १९ जनाको मृत्यु भएको थियो ।

गत २४ घण्टामा ४ हजार ३ सय ९२ जना भेटिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख २६ हजार १ सय ३७ पुगेको छ । कुल संक्रमितमध्ये ३७ हजार ३ सय ८२ सक्रिय संक्रमित छन् ।

समाचार वर्गहरू