नेपालमा कोरोना संक्रमितको संख्या ११० पुग्यो

27

(काठमाडौं) – नेपालमा कोरोना भाइरस कोभिड–१९ का संक्रमितको संख्या १ सय १० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उदयपुरकी थप एक एक महिलामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १ सय १० पुगेको हो ।

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले आइतबार विज्ञप्ति जारी गर्दै उदयपुर भुल्केनिवासी ४३ वर्षीया महिलाा संक्रमण पुष्टि भएको जनाएका छन् ।

कोसी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको परीक्षण अनुसार उदयपुर ती महिलामा कोरोना पोजिटिभ देखिएको हो । उनको स्वास्थ्य अवस्था सामान्य रहेको र उनी स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ । नेपालमा संक्रमित मध्ये ३१ जना निको भएका छन् ।

समाचार वर्गहरू