नेपालमा कोरोना संक्रमितको संख्या ४ सय नाघ्यो

27

(काठमाडौं) – नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ४ सय नाघेको छ । मंगलबार थप २७ जनामा कोरोना संक्रमण देखिएसँगै संक्रमितको संख्या ४ सय २ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयमा आयोजित नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. विकास देवकोटाले मुलुकका ३६ जिल्लामा संक्रमण फैलिएको बताए । झापाका ९, सुनसरीका १, मोरङको १, सर्लाही २, काठमाडौं ३, भक्तपुरको १, मकवानपुरको १, रामेछापको १, ललितपुर १, सिन्धुली १, लमजुङ १, कपिलवस्तु ४ र नवलपरासीका १ गरी २७ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

मंगलबार भेटिएका संक्रमित मध्ये २४ जना पुरुष र ३ जना महिला रहेका छन् । उनीहरुको स्थायी ठेगामा र अहिलेको ठेगाना अनुसार कन्ट्याक्ट ट्रेसिङको काम सुरु भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए ।

संक्रमण पुष्टि भएकामध्ये हालसम्म ३७ जना निको भएका छन् । सिन्धुपाल्चोकमा एक र बाँकेमा एक गरी २ जनाको मृत्यु भएको छ ।

हालसम्म आइसोलेसनमा देशभरी ४५७ जना रहेका छन् । उपत्यकामा १७ जना आइसोलेसनमा छन् भने उपत्यका बाहिर ४४० जना रहेका छन् । क्वारेन्टाइनमा २१ हजार ६ सय २३ जना छन् ।

समाचार वर्गहरू