नेपालमा थप १२ सय ७ जनामा कोरोना संक्रमण पुष्टि

19

काठमाडौं – शनिबार काठमाडौं उपत्यकामा ७ सय २४ जनासहित नेपालमा थप १ हजार २ सय ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले ४ सय ११ महिला र ७ सय ९६ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

मन्त्रालयका अनुसार शनिबार १२ सय ७ जना संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७१ हजार ८ सय २१ पुगेको छ । मन्त्रालयका अनुसार काठमाडौंमा ५ सय ८३, ललितपुरमा ७८ र भक्तपुर ६३ जना संक्रमित फेला परेका छन् ।

उनका अनुसार २४ घन्टामा १० हजार १९ पीसीआर परीक्षण गरिएका छन् । शनिबारसम्म ९ लाख ७८ हजार २ सय ४ पीसीआर परीक्षण भएका छन् ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ११ सय ४७ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ५३ हजार १३ जना पुगेको छ ।

त्यस्तै २४ घण्टामा नेपालमा थप ८ जनाको संक्रमणबाट मृत्यु भएको छ । मृतकको संख्या भने ४ सय ६७ पुगेको छ । आइसोलेसनमा १८ हजार ३ सय ४१ जना र क्वारेन्टाइनमा ६ हजार ३ सय ३१ जना रहेका मन्त्रालयले जनाएको छ ।

समाचार वर्गहरू