नेपालमा थप २ हजार ४७४ जनामा कोरोना पुष्टि,२४ जनाको मृत्यु

5

काठमाडौं – नेपालमा थप २ हजार ४ सय ७४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार २३५ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ५७७ जनामा र ४ हजार ९९७ जनाको एन्टीजेन परीक्षण गर्दा ८९७ जनामा संक्रमण देखिएको हो।

यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ हजार ५१८ जना मुक्त भएका छन्। योसँगै देशभर सक्रिय कोरोना संक्रमितको संख्या ७९ हजार ४८९ पुगेको छ।

संक्रमणका कारण थप २४ जनाको मृत्यु भएको छ। हालसम्म देशभर ८ हजार ९१८ जनाको मृत्यु भइसकेको छ।

 

समाचार वर्गहरू