नेपालमा थप  २ हजार ७४५ जनामा कोरोना संक्रमण, ४१ जनाको कोरोनाबाट मृत्यु

12

काठमाडाैं – नेपालमा मंगलबार थप  २ हजार ७४५ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो संख्यामा संक्रमित देखिएको हो।

पछिल्लो २४ घण्टामा ७ हजार ४ सय ४९ जनामा पिसिआर परीक्षण गरिएकोमा १६८१ लाई पोजेटिभ देखिएको थियो भने ५८४१ को एन्टिजेन परीक्षण गरिएकोमा १०६४ मा पोजेटिभ देखिएको थियो।

देशभर पछिल्लो २४ घण्टामा ४ हजार १८७ जना कोरोनाबाट निको भएका छन्।

त्यस्तै ४१ जनाको कोरोनाबाट मृत्यु पुष्टि भएको छ। यीसहित हालसम्म कोरोनाबाट ८ हजार ५०६ जनाको मृत्यु भएको छ।

समाचार वर्गहरू