काठमाडौं – नेपालमा पछिल्लो २४ घन्टामा संक्रमित हुनेको संख्या ४ हजार ३ सय ४४ जना पुगेका छन् ।
त्यस्तै पछिल्लो २४ घन्टामा ५ हजार ७६८ जना कोरोना मुक्त भएका छन् भने ८१ जनाको मृत्यु भएको जनाइएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १२०७४ जना पीसीआर विधिबाट परिक्षण गरिएको थियो भने ४५६८ जनाको एन्टीजेन विधिबाट परिक्षण गरिएको जनाइएको छ । पीसीआर परिक्षणबाट ३४४९ र एन्टीजेन विधिबाट ८९५ जना गरी ४३४४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
उपत्यमामा भक्तपुरमा ८५, ललितपुरमा १५१, काठमाडौंमा ६७९ जना गरी ९१५ जना संक्रमित भएका छन् ।