नेपालमा थप ६ हजार ७१४ जनामा कोरोना संक्रमण,१ सय ४५ जनाको मृत्यु

11

काठमाडौं– नेपालमा थप ६ हजार ७१४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशभर गरिएको पीसीआर र एन्टिजेन परीक्षणका क्रममा बुधबार थप ६ हजार ७१४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता समिर कुमार अधिकारीले नियमित प्रेस ब्रिफिङका क्रममा दिएको जानकारी अनुसार देशका विभिन्न भागमा पछिल्लो २४ घन्टामा थप १ सय ४५ जनाको मृत्यु भएको छ। यससँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ६ हजार ८ सय ४५ पुगेको छ।

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा कोभिडको दोस्रो लहरको सबैभन्दा कम संक्रमित थपिएका छन् । आज उपत्यकाका तीन जिल्लामा जम्मा १ हजार ४९३ जना संक्रमित थपिएका हुन् ।

जसमध्ये काठमाडौैंमा १ हजार १४९ ललितपुरमा २४१ र भक्तपुरमा ११३ जना नयाँ संक्रमित थपिएका हुन् ।

गत २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरी १९ हजार ३० जनाको आरटी–पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो। पीसीआर परीक्षणका क्रममा ६ हजार ६७७ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै, सोही अवधिमा देशका विभिन्न ठाउँमा ३२२ जनाको एन्टिजेन परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ। एन्टिजेन परीक्षणबाट ३७ जनामा संक्रमण पुष्टि भएको हो।

समाचार वर्गहरू