काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा सात हजार ३६८ जनामा कोरोना भाइरस ९कोभिड–१९० संक्रमण पुष्टि भएको छ। त्यैगरी २४ घण्टामा १४५ जनाको कोरोनाले ज्यान गएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा।डा। जागेश्वर गौतमका अनुसार १९ हजार ५३९ को पीसीआर र ३४४ जनाको एन्टिजेन परीक्षण गर्दा सात हजार ३६८ जनामा संक्रमण पुष्टि भएको हो।
काडमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा सक्रिय कोरोना संक्रमितको संख्या आज ४१ हजार १६१ रहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २९ हजार ६५, ललितपुरमा ७ हजार ११८ र भक्तपुरमा ४ हजार ९७८ जना सक्रिय संक्रमित रहेका छन्। काठमाडौं उपत्यकामा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ७ हजार ३२३ पुगेको छ।
मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र दुई हजार ६०९ जनामा संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख १० हजार २७३ पुगेको छ। मन्त्रालयका अनुसार २४ घण्टामा ६ हजार ६४८ जनाले भने कोरोना जितेका छन्। योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या पाँच हजार एक पुगेको छ ।