काठमाडौं – नेपालमा पछिल्लो २४ घन्टामा ८ हजार ६०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। परीक्षण गराएका २३ हजार २२६ नमूनामध्ये ८ हजार ६०७ जनामा कोरोना संक्रमण देखिएको हो।
कुल २२ हजार ३५३ जनाको पीसीआर विधिबाट र ८७३ जनाको एन्टिजेन परीक्षण गराउँदा ८ हजार ६०७ जनामा संक्रमण देखिएको मन्त्रालयले पुष्टि गरेको छ।
यस्तै पछिल्लो २४ घन्टामा कोरोना भाइरसबाट १७७ जनाको मृत्यु भएको छ। यो सहित कोरोनाबाट मृत्यु हुनेको संख्या ६ हजार २४ पुगेको छ। बिहीबार मात्र १९० जनाको कोरोनाबाट मृत्यु भएको थियो। मन्त्रालयका अनुसार शुक्रबार ७ हजार ८९० जना कोरोनामुक्त भएका छन्।
यस्तै हालसम्म १ लाख १६ जहार १९२ जना कोरोनाका सक्रिय संक्रमित छन्। ९१२ जना क्वारेन्टाइमा रहेको मन्त्रालयले जनाएको छ।
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा दुई हजार ४४७ कोरोना संक्रमित थपिएका छन्।
थपिएकामध्ये सबैभन्दा धेरै काठमाडौंका एक हजार ७५२ सय रहेका छन्। यस्तै, भक्तपुरमा २९५ र ललितपुरमा ४०० संक्रमित थपिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।