नेपालमा थप ९ हजार २४७ जनामा कोरोना संक्रमण, २१४ जनाको मृत्यु

10

काठमाडौं – पछिल्लो २४ घन्टामा ९ हजार २४७ जनामा कोरोना संक्रमण देखिएको छ ।२१ हजार ६५६ पीसीआर र ४३४ एन्टिजेट विधिबाट स्वाब परीक्षण गराएकामध्ये ९ हजार २४७ जनामा संक्रमण देखिएको हो।

यस्तै कोरोनाका कारण थप २१४ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार थप २१४ जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको पुष्टि गरेको छ। योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या ५ हजार २१५ पुगेको छ।

काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ३०९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो २४ घण्टाको अपडेट अनुसार काठमाडौँमा २३४६ जना, भक्तपुरमा २९८ जना र ललितपुरमा ४५४ जना कोरोनामा कोरोना पुष्टि भएको छ ।

त्यस्तै उपत्यकामा अहिले ४० हजार ७७४ सक्रिय संक्रमित रहेका छन् । जसमा काठमाडौँ जिल्लामा संक्रिय संक्रमितको संख्या २८ हजार ५२७ रहेको छ भने भक्तपुरको ५०७६ र ललितपुरको ७१७१ रहेको छ  ।

मन्त्रालयका अनुसार हाल १लाख १३ हजार ४८० जना सक्रिय संक्रमित छन्। यस्तै ७०८ जना क्वारेन्टाइनमा रहेका छन्।

समाचार वर्गहरू