नेपालमा पहिलोपटक औपचरिक सामाजिक सञ्जालका रुपमा भाइबर सूचीकृत

6

काठमाडौं – नेपालमा सञ्चालनमा रहेको सामाजिक सञ्जाल भाइबर औपचरिक रुपमा सूचीकृत भएको छ । सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने सम्बन्धी निर्देशिका २०८० अनुसार पहिलोपटक भाइबर नेपालमा सूचीकरण भएको हो ।

पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग बढेको भन्दै गत २३ कात्तिकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले त्यसलाई नियमन गर्न सूचीकरणको नियम ल्याएको थियो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीका अनुसार मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको निर्देशिकाबमोजिम तोकिएको प्रक्रिया पूरा गरेर भाइबर सूचीकरण गरिएको हो ।

निर्देशिकामा नेपालमा सञ्चालन हुने सामाजिक सञ्जाल प्लेटफार्म सूचीकरण हुनुपर्ने नियम उल्लेख छ । एक लाखभन्दा बढी प्रयोगकर्ता रहेका सामाजिक सञ्जाल सञ्चालकलाई नेपालमै सम्पर्क कार्यालय वा सम्पर्क व्यक्ति तोक्निुपर्ने नियम छ ।

यस्ता प्लेटफार्महरुले हरेक तीन÷तीन वर्षमा अनुमतिपत्र नवीकरण पनि गर्नुपर्ने नियम छ ।

सूचीकरण नभएका सामाजिक सन्जाल प्लेटफार्मलाई जुनसुकै बखत बन्द गर्न सक्ने व्यवस्था गरेको निर्देशिकामा छ । सामाजिक सञ्जाल प्लेटफार्म सूचीकरण र अनुमतिका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा ‘सामाजिक सञ्जाल व्यवस्थापन इकाई’ गठन गरेको छ ।

निर्देशिकाका सबै शर्त पुरा गरेर भाइबर नेपालमा सामाजिक सञ्जालका रूपमा सूचीकृत भएको हो ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू