नेपालमा पहिलोपल्ट ह्विलचियर टेनिस खेलकाे प्रतियोगिता सम्पन्न

65

काठमाडौं – नेपालमा पहिलोपल्ट ह्विलचियर टेनिस खेलकाे प्रतियागि सम्पन्नभएको छ ।

ह्विलचियर टेनिस संघका आयाेजनामा बागमति प्रदेश का युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन काे प्रमुख आतिथ्यतामा पुरुष तर्फ प्रमथ राम बहादुर तामाङ नगद १५०००पन्ध्र हाजार ,ट्रफी दाेसाे सागर पाण्डे नगरद १०००० दस हजार ,ट्रफी र तेस्रो खुम पाण्डे नगद ५००० पाँच हजार , ट्रफी र महिला तर्फ कर्मश अनुकला राई १५०००, ट्रफी प्रथम गंगा छन्त्याल १०००० र ट्रफी झरना राना ५००० र टर्फि प्रदान गरिएको थियो ।

साे अबसर मा विशेष कार्यक्रम काे आर्थिक सहयोग गर्ने मध्यपुर थिमि नगरपालिका का प्रबक्ता कृष्णहरि आचार्य ले आगामी दिनमा पनि यश संस्थालाई सहयाेग गरि पारा राष्ट्रिय खेलाडी उत्पादनमा नगरपालिका ले सहयोग गर्ने बताए ।

नेपाल टेनिस संघका सचिव मालिका राणाले टेनिस काेर्ट शाैचालय लगायतका पुवाधा अपांग मैत्रीपूर्ण बनाउनका साथै ह्अविलचियर टेनिस पनि टेनिस संघकाे अंग हुने बताइन ।

त्यसैगरि ह्विलचियर टेनिस संघका अध्यक्ष बिकास थापाले अब हुने राष्ट्रिय पारा गेम सुर्खेतमै हुने र चाडाे मिति ताेक्न , पारा एसियन २०२६ काे तयारिका लागि प्रदेश सरकार र संघिय सरकारले बजेट विनियोजन गर्न माग गरे ।

कार्यक्रम का प्रमुख अतिथि मन्त्री मीनकृष्ण महर्जनले पारा खेलकुद ले नेपालकाे सान बढायकाेले राज्यले अब पारा खेलकुद लाई कुनै भेदभाव नगरि बजेट बिनियाेजित हुने बताए । मन्त्रीले पारालिम्पियन पलेशा गाेवधन, भरत सिह महता , भिम कुमाल र पारा तेक्वान्दो का प्रशिक्षक कवि राज नेगि लाई सम्मान पत्र प्रदान गरिएको थियो ।

नेपाल ह्वील चियर टेनिस संघ ले प्रतियाेगिता गर्नु अगाडि मध्यपुर थिमि नगरपालिकाकाे सहयाेगमा १ महिने प्रशिक्षण सम्पन्न गरेकाे थियाे ।

प्रशिक्षणमा प्रशिक्षक राखेप का टेनिस प्रशिक्षक सुर्य भूषण बज्राचार्य , रेणु देवि काेण्डा र प्रशिक्षक चन्द शाहिले ४ महिला र ५ पुरुष लाई प्रशिक्षण गराउनु भया । कार्यक्रम राष्ट्रिय पारालिम्पिक का पधाधिकारि हरु उदय लिम्बु ओम शिवाकोटी , बिश्वास बस्नेत, सराेज श्रेष्ठ ,राखेप सदस्य रामचन्द्र श्रेष्ठ लगायतकाे उपस्थित रहेको थियो ।

समाचार वर्गहरू