नेपालमा मध्ये पुर्व जारी युद्धको प्रभाव : सरकारलाई ‘कन्ट्रक्सन होलिडे’ घोषणा गर्न व्यवसायीको सुझाव

11
;8s rf}8f agfOb} /fdk'/, @) ebf} . kfNkf tfg;]g at'{Ë ;8sv08cGt{ut sfhLkf}jf If]qdf 8f]h/ nufP/ ;8s rf}8f agfOFb} . t:jL/ M ;'zLnf /]UdL, /f;;

काठमाडौं । इरान–इजरायल बिच भएको युद्ध र सो युद्धका कारण बिश्वमा खपत हुने कच्चा तेलको २० प्रतिशत भन्दा बढी परिमाणको कच्चा तेल ढुवानी हुने स्ट्रेट अफ हर्मुज जलमार्ग बन्द भएसंगै विश्वमा तेल ढुवानीमा अबरोध हुने देखिएको छ । सोही कारण जारी युद्ध बिराम नभए सम्म लामो समय कायम रहने देखिएकोले नेपालमा यसको प्रभाव परेको देखिन थालेको छ ।

त्यसको प्रभावले डिजेलमा भएको मुल्यवृद्धिले ढुवानी र निर्माण सामाग्रीहरुको मूल्य पनि वृद्धि हुन गएबाट निर्माण आयोजनाहरु प्रभावित हुँदैछन । त्यसैले सम्झौता भइसकेका सबै ठेक्काहरुमा सार्वजनिक खरिद ऐन २०६३ को दफा ५५, उपदफा १ अनुसार मुल्य समायोजन गर्न समेत आग्रह गरिएको छ ।

साथै लागत अनुमानको क्रममा रहेका ठेक्का र बोलपत्र आव्हान हुन बाँकी रहेका ठेक्काहरुको हकमा सार्वजनिक खरिद नियमावली २०६४ को नियम १४८, उपनियम २ अनुसार नयाँ दररेट निर्धारण गरियोस भनेर नेपाल निर्माण व्यबसायी महासघका पुर्वमहासचिव राम शरण देउजाले सरकार समक्ष माग राखेका छन् ।

उनले निर्माणी व्यबसायीहरुको तर्फबाट आफ्नो सामाजिक सञ्जाल फेसबुकवाल मार्फत सरकार मातहतका सम्पुर्ण सार्बजनिक निकायहरुलाई आव्हान समेत गरेका छन् । उनले नेपाल निर्माण व्यबासायी महासघले काम नगरेर ‘कन्ट्रक्सन होलिडे’ को घोषणा गर्न समेत सुझाव दिएका छन् । बर्तमान कानुनमा भएको ब्यबस्था लागू गरेर गए काम पनि हुने उनको सुझाव निर्माण व्यबसाय र देशको पक्षमा रहेको भन्दै सबैले व्यवसायीहरुले सो कार्य गर्न समेत सरकारलाई सुझाव दिएको बताइएको छ ।

समाचार वर्गहरू