नेपालमा २४ घण्टामा कोरोनाले अहिलेसम्मकै धेरै २२५ जनाको मृत्यु

8

काठमाडौँ – नेपालमा कोरोना भाइरसका कारण पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै २ सय २५ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा मृत्यु हुनेको संख्या जम्मा संख्या ४ हजार ४ सय ८४ पुगेको छ ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीका अनुसार काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ३९२७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।

त्यसमध्ये काठमाडौंमा मात्र २७८८, ललितपुरमा ६०२  र भक्तपुरमा ५३७  जना थपिएका हुन्।

मन्त्रालयका अनुसार २ हजार ५ सय ९६ जनाको पीसीआर परीक्षण र ७ सय २० जनाको एन्टिजेन परीक्षण गर्दा ९ हजार ४ सय ८३ मा संक्रमण पुष्टि भएको हो ।

यस्तै अहिलेसम्म सक्रिय संक्रमितको संख्या ९७ हजार ८ पुगेको छ भने हालसम्म ३ लाख १२ हजार १९ जनालाई निको भएको छ । पछिल्लो २४ घण्टाको अवधिमा ५ हजार २ सय २५ जनालाई निको भएको तथ्यांक स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको छ । कोरोनाको नयाँ लहर फैलिएपछि देशभर संक्रमित हुनेको संख्या तिब्र रुपमा बढेको छ ।

समाचार वर्गहरू