(काठमाडौं) – एसियाली विकास बैंक एडीबीले पछिल्लो १० महिनामा नेपाललाई २२ करोड ७३ लाख डलर सहयोग प्रदान गरेको छ । विभिन्न परियोजनाका लागि गत जनवरीदेखि अक्टोबरसम्मको अवधिमा सो सहायता रकम प्रदान गरिएको एडीबीले जनाएको छ ।
यो अघिल्लो वर्षको तुलनामा बढी हो । एडीबी र अर्थ मन्त्रालयबी भएको त्रिपक्षीय पोर्टफोलियो समीक्षा बैठकमा सार्वजनिक विवरण अनुसार यस अवधिमा लक्ष्यको ५३ प्रतिशत मात्र ठेक्का सम्झौताको प्रगति देखिएको छ ।
एडीबीले सन् २०२० देखि २०२२ सम्मका लागि विभिन्न परियोजनामा खर्च गर्ने गरी नेपाललाई ६० करोड डलर सम्म सहायता उपलब्ध गराउने जनाएको छ । नेपालसँग २०२० देखि २४ सम्म हुने रणनीतिक साझेदार कार्यक्रम स्वीकृत भइसकेको भन्दै एडिबीले सुरुका २ वर्षमा औषतमा ५० देखि ६० करोड डलरसम्म सहायता प्रदान गर्न सक्ने जनाएको हो ।
निजी क्षेत्रको नेतृत्वमा भएका विकासको लागि पूर्वाधार सुधार, विकेन्द्रीकृत सेवाको पहुँचमा सुधार र वातावरणीय स्थिरता गरी ३ वटा प्राथमिकताका क्षेत्रमा सो रकम खर्च गर्ने गरी सहायता प्रदान गरिने एडीबीले उल्लेख गरेको छ ।
एडीबीले पछिल्लो १० महिनामा विभिन्न योजनाका लागि नेपाललाई २२ करोड ७३ लाख रुपैयाँ प्रदान गरेको जनाएको छ ।
आगामी दिनमा सहायता दर र रकम बढ्दै जाने हुँदा समयमै काम सुरु गरी योजनाहरुको उचित वितरण आवश्यक रहेको एडीबीका नेपाल प्रमुख मुख्तोर खामुद्खानोभले बताएका छन् ।
अपेक्षित परिणम प्राप्ती र नेपालीको जीवनस्तर उकास्नका लागि योजनाको सफल कार्यान्वयन महत्वपूर्ण कडी भएको उनको भनाई थियो ।