नेपाली क्रिकेट टिम ओमान प्रस्थान गर्दै

12

काठमाडौं –  नेपाली राष्ट्रिय क्रिकेट टिम आज (बिहिबार) ओमान प्रस्थान गर्दै छन् । ओमानमा आयोजना हुने पाँच राष्ट्रबीचको टी ट्वान्टी क्रिकेट सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टिम आज दिउँसो सवा तीन बजे त्यसतर्फ प्रस्थान गर्दै छन् ।

नेपाली टिम सिंगापुरबाटै अपरान्ह ओमान जाने नेपाली राष्ट्रिय क्रिकेट टिमका टिम म्यानेजर रमन सिवाकोटीले जानकारी गराएका छन् । नेपाली टिम सिंगापुरमा जारी त्रिकोणात्मक टी ट्वान्टी सिरिज खेलेर ओमान जान लागेका हुन् ।

ओमान क्रिकेटले आयोजना गर्ने सिरिजमा नेपाल, आयोजक ओमान, टेष्ट राष्ट्र आयरल्याण्ड, हङकङ र नेदरल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । सिरिज पर्सि १८ देखि २३ गते सम्म हुनेछ ।

नेपालले पहिलो खेल हङकङसँग असोज १९ गते खेल्नेछ । यस्तै दोस्रो खेलमा नेदरल्याण्डसँग असोज २०, तेस्रो खेलमा आयरल्याण्डसँग असोज २२ र अन्तिम खेलमा नेपालले ओमानसँग असोज २३ गते खेल्ने छ ।

युएईमा आयोजना हुने आईसीसी टी(ट्वान्टी विश्वकपको ग्लोबल छनोट अघि ओमानले पाँच राष्ट्रबीचको सिरिज खेलाउन लागेको हो । नेपाल ग्लोबल छनोटमा नपुगे पनि ओमानले आमन्त्रण गरिसकेको कारण नेपालले सहभागिता जनाउन लागेको हो ।

समाचार वर्गहरू