काठमाडौं – नेपाली जनसम्पर्क समिति साइप्रसद्वारा सिन्धुपाल्चोकका बाढिपिडितहरु लाई राहत सहयोग उपलब्ध गराइएको छ ।
नेपाली जनसम्पर्क समिति साइप्रसका सभापति सीता अर्यालको बिशेष पहलमा सम्पर्क समिति प्रतिनिधि अम्बिका सिग्देल मार्फत उक्त सहयोग रकम हस्तान्तरण गरिएको हो । नेपाली कांग्रेसका सिन्धुपाल्चोक जिल्ला सभापति बिकास लामा, सह- सचिव अनुप न्यौपाने नेबिसंघ जिल्ला अध्यक्ष दावा लामा लगायत कांग्रेस नेता कार्यकर्ताको उपस्थितिमा नेपाली कांग्रेस सिन्धुपाल्चोकका उप-सभापति एवं जिल्ला विपद व्यबस्थापन संयोजक शिव सुनारलाई रु ६० हजार ६ सय ३० हस्तान्तरण गरिएको हो ।
सहयोग रकम उपलब्ध गराएकोमा जनसम्पर्क समिति साइप्रसलाई धन्यवाद दिँदै कांग्रेस सिन्धुपाल्चोक जिल्ला सभापति विकास लामाले जिल्लामा विपदमा परेका बाढी पहिरो पिडितलाई प्राथमिकताका आधारमा उक्त सहयोग रकम हस्तान्तरण गरिने बताए ।
सिन्धुपाल्चोक कांग्रेस उपसभापति एवं जिल्ला विपद व्यबस्थापन समिति संयोजक शिव सुनारले परदेशमा रहेर नेपालप्रति देखाएको यो अगाध प्रेम प्रति जनसम्पर्क समिति साइप्रसप्रती आभार व्यक्त गर्दै यो सहयोग रकम उचित सदुपयोग हुने कुरामा ढुक्कहुन आग्रह गरे ।
नेपालमा परेको विपत्तिमा रकम जति भएपनि भावनात्मक सहयोग गर्न पाएकोमा गौरव महसुस भएको जनसम्पर्क समिति साइप्रसकी अनुशासन समिति संयोजक चमेली धितालले बताइन् । आगामी दिनमा पनि सहयोगका लागि निरन्तर प्रयास गरिने उपाध्यक्ष पुष्पा मिश्र, सह- महामन्त्री पेम्बा ओमु लामा लगायत नेपाली जनसम्पर्क समिति साइप्रसले जनाएको छ ।