नेपाली राजनितिमा चिनियाँ चलखेल, पार्टि एकताका नाममा सत्ता जोगाउँदै ओली

9
फाइल फोटो

भवनाथ आचार्य/काठमाडौं – प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलि फेरि पार्टी एकताको बहानामा सत्तामा टिकिरहने दाउमा देखिएका छन् । दुईतिहाईका लागि तीन बर्ष अघि तत्कालीन नेकपा माओवादी केन्द्रसँग एकाएक पार्टी एकता गरेर सत्तामा बलियो बनेर बसेका ओलि पछिल्लो समय अदालतको फैसला र आफ्नै पार्टीबाट अफ्ट्यारोमा परेपछि क्रमशः कमजोर बन्दै गएपछि फेरि उही शुत्र दोहोर्‍याएर कुर्सी कायम राख्ने मनस्थितिमा पुगेको स्रोत बताउँछ ।

स्रोतका अनुसार अदालतमा पुगेको दोस्रोपटकको संसद विघटनको मुद्दा सर्वोच्चले पुनः बदर गरिदिने अवस्था करिब बन्दै गएपछि विगत केहि दिनदेखि अदालतलाईनै अल्मल्याएर अहिले दोस्रो पुस्ताका नेता मार्फत पुनः पार्टी एकीकरणको बाटोमा ओलि सक्रिय भएका हुन । जसको कारण विगत २-३ दिन देखि एमाले खनाल-नेपाल पक्षका दोस्रोतहका नेताहरू सँग ओलिपक्षका दोस्रोतहका नेताहरू वार्तामा सक्रिय छन् ।

स्रोतले दिएको जानकारी अनुसार ओलि पक्षका सुवास नेम्वाङ, बिष्णु पौडेल, इश्वर पोख्रेल, बिष्णु रिमाल लगायतका नेताहरु र नेपाल पक्षका सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण बिष्ट, रघुजी पन्त लगायतका नेताहरू दरवारमार्ग स्थित होटल याक एण्ड यतीमा दिनरात वार्ता गरिरहेका छन् ।

गत बैशाख २७ गते प्रधानमन्त्री ओलिले बिश्वासको मत लिँदैगर्दा संसदमा अनुपस्थित रहेको नेपाल समुहसँगको संवादहिनताको अन्त्यको लागि केपि ओलि मात्रै नभएर राष्ट्रपति विद्या भण्डारी समेत सक्रिय भएर लागेकी छिन् । कोरोनाको महामारीका बीच खोपको लागि छिमेकी मुलुक सँग सक्रियता देखाएकी भण्डारीले यही बहानामा चिनियाँ राष्ट्रपति समक्ष पार्टी मिलाउन हार गुहार गरेको स्रोतको दाबी छ । जवाफमा चिनले एमाले मात्रै होइन वामपन्थी एकता गर्न सुझाएपछी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) पनि थप उत्साहित देखिएका छन् । त्यसैकारण माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ, जनार्दन शर्मा, बर्षमान पुन लगायतका दोस्रो तहका नेताहरू समेत एमालेका नेताहरू सँग चरण-चरणमा छलफलमा ब्यस्त देखिएका छन् ।

ओलिलाई सत्ताबाट हटाएर कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउन लागेको एमालेको नेपाल समुहलाई फकाउने अभियान सँगै सोही समुहका बाँकी १२ जनालाई कारबाहीको एजेन्डा सहित बस्न लागेको एमाले स्थायी समितिको बैठक पटकपटक स्थगित गरिएको छ । वार्तामा सक्रिय नेताहरूले वार्ता सकारात्मक बाटोमा अघि बढेको बताएपछि राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलि थप उत्साहित देखिएका छन् । उनिहरु विगतझैं यो पटकको चिनियाँ सक्रियता पनि उपलब्धिमुलक हुनेमा आस्वस्त देखिन्छन् ।

वार्ता सकारात्मक ढंगले अघि बढेको आधारमा प्रधानमन्त्री ओलिले केही शर्त सहित माधब नेपाल समुहले राखेको ७५ जेठ २ मा फर्किनु पर्ने प्रस्तावमा लचिलो हुने संकेत गरेका छन् । कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षरसहित सर्वोच्चमा दायर गरेको रिट निवेदन फिर्ता लिए आफू पनि जेठ २ मा फर्कन तयार रहेको सन्देश ओलिले उप प्रधानमन्त्री इश्वर पोख्रेल मार्फत नेपाल समक्ष पुर्याइसकेका छन् भने नेपालले यसको ठोस जवाफ दिएका छैनन् ।

धरापमा परेको प्रधानमन्त्रीको कुर्सी जोगिने अन्तिम उपाय तत्कालको लागि पार्टी एकीकरण देखेका ओलिले मधेसी दल फुटाएरै भएपनि आफुलाई पुग्ने सिट संख्या सुरक्षीत गरेका छन् भने नेपाल पक्षका नेताहरुलाई पनि पार्टीबाट कारबाही गरेपनी सांसद बाट हटाएका छैनन् ।

एमाले अध्यक्ष ओलिको यो पटकपटकको प्रयास पनि सफल यदि हुने हो भने उनी आफू त सत्तामा टिकिरहलान तर त्यसको ठुलो राजनीतिक क्षति माधब नेपाल समूहले ब्यहोर्नुपर्ने कुरामा दुइमत छैन ।

समाचार वर्गहरू