नेपाली राष्ट्रिय क्रिकेट टिमको जिम्मेवारी ज्ञानेन्द्र मल्ललाई

13

(काठमाडौं) – नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानमा ज्ञानेन्द्र मल्ल चयन भएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टिमको कप्तानको जिम्मेवारी ज्ञानेन्द्र मल्ललाई दिएको हो ।

पारस खड्काले कप्तानबाट दिएको राजीनामा स्वीकृत गर्दै संघले नयाँ कप्तानको जिम्मेवारी मल्ललाई दिएको हो । ओपनर ब्याट्सम्यान ज्ञानेन्द्र यसअघि नेपाली टोलीको उपकप्तान रहेका थिए । क्यानका सचिव अशोक नाथ प्याकुरेलले अर्को निर्णय नहुँदासम्म ज्ञानेन्द्रलाई कप्तानीको जिम्मेवारी दिएको बताए ।

क्रिकेट संघको निलम्बन फुकुवा भएको भोलिपल्टै खड्काले कप्तान पद छाड्ने घोषणा गरेका थिए । उनले आइतबार मात्र क्रिकेट संघमा राजीनामा बुझाएका थिए । नेपाली टोलीको उपकप्तानमा भने दिपेन्द्र सिंह ऐरीलाई चयन गरिएको छ ।

पारस एक दशकसम्म राष्ट्रिय टिमको कप्तानी गर्दा ज्ञानेन्द्रले उपकप्तानको भूमिका निभाएका थिए । हालै सिंगापुर र ओमान टुरमा ज्ञानेन्द्रलाई आराम दिँदा ऐरी उपकप्तानको भूमिका थिए ।

समाचार वर्गहरू