नेपाली सांस्कृतिक कार्यक्रम सहित दिभास फाउण्डेशनको अमेरिकामा अभिभावक भेला

18

काठमाडौं – अमेरिकाको टेक्सासको फोर्थअर्थमा बस्ने नेपाली समाजसेवी महिलाहरुले सन्चालन गरेको दिभास फाउण्डेशनले अभिभावक भेला कार्यक्रम आयोजना गरेको छ।

२ महिना अघिदेखि संचालन गरेको समर कक्षामा करिब ४० नेपाली विद्यार्थीहरुले अध्यन गरेका थिए । २०० हाराहारी सदस्य रहेको यस फाउण्डेशनको उद्धेश्य नेपालीभाषा , नेपाली संस्कृती सिकाउनु, महिला सशक्तीकरण, सीपमूलक तालिमको व्यवस्था, रोजगारीको सिर्जना, दुःख पाएकालाई सहयोग गर्ने, नेपालबाट अध्ययनका लागि आउने महिला बिद्यार्थीलाई सहयोग गर्ने रहेको हाल अमेरिका रहेका सामाजिक अभियनता तथा पत्रकार हरि सुवेदिले जानकारी दिए ।

सुवेदीका अनुसार सो कार्यक्रमको सभापतित्व अध्यक्ष लक्ष्मी भण्डारीको गरेकी थिइन भने बिनिमा सुबेदीले कार्यक्रमको संचालक गरेकी थिइन। उपाध्यक्ष बिर्ती रिसाल, सचिव मिता कार्की र सहसचिवमा अजिता कँडेल, स्थापक सदस्य रिमा पौडेल , भगवती चालिसे, सत्या सापकोटाले कार्यक्रमको सहजीकरणमा भुमिका खेलेका थिए ।

सोमबार डालस स्थित नेपाली मन्दिरको हलमा आयोजना गरिएको अभिभावक भेला कार्यक्रममा डालसमा कृयाशील संस्थाका प्रतिनिधिहरुको समेत सहभागीता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथी समाजिक अभियान्ता एबम सफल व्यावसायी यमुना भट्टराई थिइन भने युलेस काउन्सिल सदस्य टिका पौडेल , नेपाल अमेरिका पत्रकार संघ (नेजा) का अध्यक्ष सुरज भण्डारी, क्षेत्रिय संयोजक रोशन अधिकारी, नेपाली मन्दिरका बोर्ड अफ टस्टीका अध्यक्ष रमेश पोख्रेल , नेपाली समाज टेक्ससका उपाध्यक्ष जनक भण्डारी, एनआरएनए टेक्सास चेप्टरका नवनिर्वाचित अध्यक्ष दिपेन्द्र गुरागाईं तथा एनएसटी ग्लोबल नेपाली पाठशालाका सह प्रधानाध्यापक ओजेस उप्रेती, ब्यवसायी रन्जन राना लगायत पत्रकार, समाजसेवी तथा सामाजिक अभियन्ताहरुको उपस्थिति रहेको उनले बताए ।

संस्थाको गरेका काम र आगामी दिनमा गर्ने कामको बारेमा बिनिमा सुबेदीले बताएकी थिइन भने गन्तब्यको क्रममा यमुना भट्टराई र टीका पौडेलले यस स्थापनार्थ आफुहरुले सक्दो सहयोग गर्ने बचन दिएका थिए । यस्तै नेजाका अध्यक्ष सुरज भण्डारीले यो संस्थाले गरेका कामको प्रसंशा गर्दै नेपाली दिदीबहिनीहरुले गरेको काम प्रति आफुले भरपुर सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।

विभिन्न भेषभुषामा सजिएका स–साना बालबालिकाहरुले नेपाली गीतहरुमा नृत्य तथा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । बिद्यार्थी नेपालका पर्यटकीय स्थल लुम्बिनी , चितवन निकुञ्ज , बौद्ध स्तुपाको बर्णन गर्दै अमेरिकाबाट नेपाल जादा घुम्नको लागी दर्शकहरु अनुरोध समेत गरेका थिए।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू