काठमाडौं – फिफा विश्वकपका लागि एसियाली छनोटको आफ्नो दोस्रो खेलमा बलियो टोली अष्ट्रेलियासँग पराजित भएको छ । सन् २०२२ मा हुने फिफा विश्वकप छनोटको खेलमा नेपाल बलियो प्रतिद्वन्दी अष्ट्रेलियास“ग ५–० ले पराजित भएको हो ।
बिहीबार जिओ स्टेडियम क्यानवेरनमा भएको खेलमा अष्ट्रेलियाले जेमी म्याकलारेनको ह्याट्रिकको मदतमा नेपाललाई ५–० गोल अन्तरले हराएको थियो । पहिलो हाफको तुलनामा दोस्रो हाफमा सुधारिएको खेल पस्किएको नेपालले थप २ गोल खाएको थियो ।
घरेलु मैदानमा भएको खेलमा अष्ट्रेलियाले नेपाललाई अधिकांश समय दबाबमा राखेको थियो । उसले सुरुवाति २३ मिनेटभित्र तीन गोल गरेको थियो । छैटौं मिनेटमा खाता खोलेका म्याकलारेनले १९ औैं मिनेटमा घरेलु टोलीले अग्रता दोब्बर बनायो ।
एकपक्षीय खेलको २३ औं मिनेटमा ह्यारी सुटरले गोल गरे । त्यसपछि भने नेपालको प्रदर्शन केही सुधारियो । दोस्रो हाफको ५९ औं मिनेटमा सुटरले गोल गरे । निर्धारित समयको अन्तिम मिनेटमा म्याकलारेनले ह्याट्रिक पुरा गर्दै अष्ट्रेलियालाई ५–० को जित दिलाए ।
नेपालका क्याप्टेन समेत रहेका गोलकिपर किरण चेम्जोङले अष्ट्रेलियाका झण्डै एक दर्जन प्रहार बिफल पारेका थिए । नेपालका सबै खेलाडी डिफेन्समै व्यस्त देखिए ।
शारीरिक, कौशल लगायत सबै हिसाबले अस्ट्रेलिया बलियो देखियो । युरोपमा शीर्ष डिभिजनको लिग खेल्ने खेलाडीको बाहुल्यता रहेको अष्ट्रेलियाविरुद्व नेपालको राष्ट्रिय फुटबल टिम क्यानबेरामा उत्रिएको थियो । समूह चरणको अर्को खेमला नेपालले आगामी मंगलबार जोडर्नसँग उसैको मैदानमा खेल्नेछ ।