नेपाल आइसिसी महिला यु-१९ ट्वान्टी-२० विश्वकपमा छनोट

83

काठमाडौं – एसिया छनोटमा आयोजक युएईलाई हराउँदै नेपाल आइसिसी महिला यु-१९ ट्वान्टी-२० विश्वकपमा छनोट भएको छ।

युएईले दिएको ८४ रनको लक्ष्य नेपालले १४.४ ओभरमा जितेको थियो। नेपालका लागि सना प्रविनले अविजित ३५ रन बनाइन्। त्यस्तै कप्तान पूजा महतोले १८ बलमा २१ रन बनाइन्। त्यस्तै साबित्री धामीले १२ रन बनाउँदा सोनी पाख्रिनले अविजित १३ रन बनाइन्।

यसअघि युएईले टस जितेर निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८३ रन बनाएको थियो। युएईलाई ८३ रनमै रोक्न कृष्मा गुरुङले ४ विकेट लिए। त्यस्तै रिया शर्मा र सीमा केसीले दुई-दुई र रचना कुमारी चौधरीले एक विकेट लिए।

त्यस्तै युएईका लागि समैराले सर्वाधिक ३१ रन बनाइन् भने रिनिथाले २०, लभन्याले १० र इन्धुजाले १० रन बनाए।

समाचार वर्गहरू