नेपाल आएका पर्यटकको पूर्ण सुरक्षा सरकारले गर्छ : मन्त्री भट्टराई

17

(काठमाडौँ) – संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले नेपाल आएका पर्यटकको पूर्ण सुरक्षा सरकारले गर्ने बताएका छन् । राष्ट्रिय फोटो पत्रकार समूह एनएफपीजे नेपालद्धारा प्रकाशित ‘नेपाल दर्शन–२०२०’ फोटो पुस्तक तथा पुरस्कार विमोचन कार्यक्रममा उनले नेपालमा अहिलेसम्म पर्यटक सुरक्षित रुपमा रहेको बताए ।

उनले पर्यटकलाई कुनै आपतविपत परे सरकार जुनसुकै बेला पनि उद्दार गर्ने बताए । पर्यटकलाई आपतवितमा हामीले चाडो सुरक्षा गर्न व्यवस्था मिलाएको जानकारी दिंदै उनले अन्नपूर्ण पदमार्गमा पनि करीब दुई सय जना पर्यटकलाई सुरक्षित ठाउँमा स्थान्तरण गरिएको बताए ।

नेपाल भ्रमण वर्षलाई केहीले असफल बनाउन प्रयास गरेको भन्दै भौतिक पूर्वाधारको काम गुणात्मक रुपले अगाडि बढेको समेत उनको जानकारी दिए । नेपाल भ्रमण वर्षले सबै लक्ष्य पूरा गर्न नसक्ने भन्दै भ्रमण वर्षलाई आधार वर्षको रुपमा मानेर एक दशक नेपाल भ्रमण वर्ष मनाउने सरकारको तयारी रहेको उनको भनाई थियो । ।

पुस्तकमा समावेश फोटोले नेपाल चिनाएको भन्दै पुस्तकले पर्यटकलाई नेपाल चिन्न थप सहयोग मिल्ने बताए । ‘‘पुस्तकमा नेपालको हिमाल, पहाड, तराईदेखि सबै जातजाति भाषा सस्कृति झल्काउने फोटो रहेको छ’’ उनले भने, ‘पुस्तकमा रहेका फोटो हेरेर पर्यटक नेपाल घुम्ने ठाउँको छनौट गर्ने छन् ।’’

मन्त्री भट्टराईले पुस्तकलाई नेपालमा मात्र नभएर विदेशस्थित नेपाली कूटनीतिक नियोगमा पनि पु¥याउनुपर्ने भन्दै भ्रमण बर्ष सफल बनाउने पुस्तकको भूमिका समेत रहने बताए । कार्यक्रममा नेपाल भ्रमण वर्ष–२०२० का सचिवालय सदस्य सचिव बच्चुनारायण श्रेष्ठले पुस्तकमा नेपालको सबै भाषा, धर्म, सस्कृति, पर्यटक गन्तव्य उल्लेख गरिएकोले पर्यटक नेपाल बुझ्न सजिलो हुने बताए ।

समूहका अध्यक्ष राजेन्द्र चित्रकारले सरकारले घोषणा गरेको भ्रमण बर्षको प्रचारप्रसार र प्रर्वद्धन गर्ने उद्देश्यले फोटो पुस्तक निकालिएको बताए । कार्यक्रममा मन्त्री भट्टराईले सांस्कृतिक ताथ पर्यटन फोटो प्रतियोगितामा उत्कृष्ट फोटो पत्रकारलाई पुरस्कार प्रदान गरेका थिए । प्रतियोगितमा कपिलवस्तुस्थित कान्तिपुर दैनिकका मनोज पौडेलले प्रथम स्थान हासिल गरी २५ हजार राशीको पुरस्कार साथै प्रमाणपत्र पाए ।

यसैगरी मुगुका कविराज कार्की द्धितीय भई नगद २० हजार र सुनिल शर्माल तृतिय भई नगद १५ हजार सहित पुरस्कार प्राप्त गरेका छन् । यसैगरी प्रदेश नं. १ वाट भवानी शिलाकार, प्रदेश नं. २ वाटा सुशिल श्रेष्ठ, बागमती प्रदेशबाट आर्यन धिमाल, गण्डकी प्रदेशबाट राधिका कडेल, प्रदेश नं. ५ बाट अमरराज पुन, कर्णाली प्रदेशबाट हिक्मतबहादुर नेपाली र सुदूरपश्चिम प्रदेशबाट विनोद सिंह विष्टले प्रदेश स्तरिय उत्कृष्ट फोटो पुरस्कार प्राप्त गरेका छन् ।

समूहका महासचिव प्रदीपराज वन्तका अनुसार पुस्तकमा समूहका सदस्य तथा फोटोपत्रकारर फोटोग्राफरहरुले नेपालको सस्कृति, कला, पर्यटन झल्कने खालका फोटो विभिन्न समयमा खिचेका करिव २०० रहेका छन् ।

समाचार वर्गहरू