नेपाल जिम्बावेसँग आठ विकेटले पराजित

5

काठमाडौं – आईसीसी विश्वकप छनोट प्रतियोगिताको पहिलो खेलमा नेपाल जिम्बावेसँग आठ विकेटले पराजित भएको छ।

घरेलु मैदानमा दुई खेलाडीले शतक प्रहार गरेपछि नेपालले दिएको २९१ रनको लक्ष्य जिम्बावेले ४४.१ ओभरमा दुई विकेट गुमाएर सहजै पूरा गरेको छ। जिम्बावेका लागि क्रयाग इर्भिन र सिन विलियम्सले शतक प्रहार गरेका थिए।

नेपालका लागि सोमपाल कामी र गुल्सन झाले एक–एक विकेट लिए। अन्य नेपाली बलर महँगा सावित भए।

जिम्बावेको हरारे रङ्गशालामा पहिले ब्याटिङ गरेको नेपालले आठ विकेटको क्षतिमा २९० बनाएको थियो। नेपालका लागि प्रारम्भिक ब्याटर कुशल भुर्तेल र आसिफ शेखले १६७ रनको कीर्तिमानी साझेदारी गरे।

नेपालका लागि कुशलले ९९ रन बनाए। उनले ९५ बलमा १३ चौका र दुई छक्का प्रहार गरे। त्यस्तै, आसिफले ६६ रन बनाए। उनले १०० बलमा सात चौका प्रहार गरे।

त्यसपछि कुशल मल्ल र रोहित पौडेलले नेपालको पारी सम्हालेका थिए। कुशलले ४१ रन बनाए भने रोहितले ३१ रन बनाए। कुशलले ४२ बलमा दुई चौका र तीन छक्का प्रहार गरे भने रोहितले २९ बलमा पाँच चौका प्रहार गरेका थिए।

अब नेपालले विश्वकप छनोट प्रतियोगिता अन्तर्गत असार ५ मा अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू