काठमाडौं – नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलको तदर्थ समितिमा चार सय सदस्य थप गरिएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विद्वान गुरुङको अध्यक्षतामा रहको तरुण दलको तदर्थ समितिमा गएराति चार सय सदस्य थप गरेका हुन् ।
गुरुङ अध्यक्षमा मनोनीत भएको १५ महिनापछि तरुण दलको तदर्थ कार्यसमिति आएको हो । २०७८ चैत ८ गते गुरुङ अध्यक्षतामा मनोनीत भएका थिए ।
सभापति देउवाले सातै प्रदेशमा गरी सदस्य थप गरेको पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव डा. प्रदीप पराजुलीले जानकारी दिए । पार्टी भित्रका गुट-उपगुट सबैलाई समेट्दा तरण दलको जम्बो तदर्थ समिति बनेको हो ।
कोशी प्रदेशबाट ७२ जना सदस्य थप भएका छन् भने मधेस प्रदेशबाट ४७ जना थपिएका छन् । यस्तै बागमतीबाट १ सय ८, गण्डकीबाट ६५, लुम्बिनीबाट ४०, कर्णालीबाट ३३ र सुदूरपश्चिमबाट ३५ जना सदस्य थपिएका छन् ।
[pdf-embedder url=”https://madhyabindu.com/wp-content/uploads/2023/06/Tarundal.pdf”]