नेपाल पब्लिक क्याम्पस संघ वागमती प्रदेशको बैठक सम्पन्न

25

काठमाडौं – नेपाल पब्लिक क्याम्पस संघ वागमती प्रदेशको बैठक सामुदायीक क्याम्पस हरुको बिषयमा वभिन्न निर्णयहरु गर्दै सम्पन्न भएको छ ।

नेपाल पब्लिक क्याम्पस संघ वागमती प्रदेशका अध्यक्ष शैलेन्द्र कुइँकेलको अध्यक्षतामा बसेको बैठकले सामुदायीक क्याम्पसहरुको वर्तमान अवस्थाको बारेमा छलफल गर्दै आगामी दिनमा चालीने कदमका बारेमा बिभिन्न निर्णयहरु गरेको प्रदेश सचिव भानुभक्त पाण्डेले बताए ।

सचिव पाण्डेका अनुसार आजको बैठकले वागमतीका सामुदायीक क्याम्पसको कार्य सम्पादनको सहजीकरण तथा सहजताका लागी प्रतिनिधी चयन गरेको छ । जस अनुसार त्रि.वि, विश्व विद्यालय अनुदान आयोग र पब्लिक क्याम्पस संघमा समन्वय गर्न सचिव भानुभक्त पाण्डे, पुष्कर कोइराला र विनोद तिमल्सिनालाई जिम्मेवारी दिइएको छ ।

त्यसैगरी प्रदेश समन्वयको जिम्मेवारी उपाध्यक्ष देवी पाण्डे बुर्लाकोटी र कोषाध्यक्ष सिपी दुलाललाई दिइएको छ भने जिल्ला समन्वयको जिम्मेवारी अर्का उपाध्यक्ष चन्द्रमणि काफ्ले, भवनाथ आचार्य र राजकुमार भेटवाललाई दिइएको छ ।

बैठकले प्रदेश सम्मेलन गर्ने, क्याम्पस सञ्चालन अनुदानको लागी सम्बन्धीत निकायमा पहल गर्ने वागमती प्रदेशका क्याम्पसहरुको विस्तृत विवरण समेटिएको प्रोफाइल तयार गर्ने लगायतका निर्णय गरेको वागमती प्रदेशका अध्यक्ष शैलेन्द्र कुइँकेलले बताए ।

सामुदायीक क्याम्पसको हक हितकोलागी कुनै कदम चाल्न पछी नपर्ने बताउँदै अध्यक्ष कुइँकेलले वागमती प्रदेशका दश जिल्लामा नेपाल पब्लिक क्याम्पस संघका जिल्ला शाखा गठन भैसकेको र बाँकी काठमाडौं भक्तपुर र चितवनमा पनि छिट्टै गठन हुने जानकारी दिए ।

बैठकमा प्रमुख अतिथी रहेका नेपाल पब्लिक क्याम्पस संघका केन्द्रिय महासचिव गोविन्द बहादुर कार्कीले अब धैरै बोलेर भन्दापनि काम गरेर देखाउने बेला आएको बताउँदै त्रिवीमा नयाँ नेतृत्व आएसँगै केही परिवर्तनका संकेतहरु देखापरेकोले आफु आशावादी रहेको बताए ।

बैठकमा सहभागी प्रतिनिधीहरुले त्रिवीको बेथितीका बारेमा उठाएका प्रश्नहरुको संक्षीप्त सम्बोधन गर्दै कार्कीले सामुदायीक क्याम्पसहरुको वर्तमान अवस्था र यसको दिगो व्यवस्थापनकालागी केन्द्रिय समिति सदा लागीपर्ने बताए ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू