काठमाडौँ – प्रहरी प्रधान कार्यालयले सात जना प्रहरी उपरीक्षक (एसपी) हरुको सरुवा गरेको छ । मंगलबार प्रधान कार्यालयले सात जना एसपीको सरूवा गरेको हो ।
चितवनमा प्रहरी उपरीक्षक ओम अधिकारीको सरुवा भएको छ । त्यहाँ कार्यरत् नान्तिराज गुरुङको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरुवा भएको छ ।
साइबर ब्यूरोको साइबर अपराध अनुसन्धान शाखाका रेवती ढककालको काठमाडौं उपत्यका सशस्त्र प्रहरी गण-२ महाराजगञ्जमा सरूवा भएको छ । प्रधान कार्यालय अपराध अनुसन्धान विभाग अपराध अनुसन्धान महाशाखाका दीपशमशेर जबराको नेपाल प्रहरी सशस्त्र गण-१ नक्सालमा सरूवा भएको छ ।
त्यस्तै, काठमाडौं उपत्यका प्रहरी कार्यालय इन्टेलिजेन्स शाखाका भोलाबहादुर रावलको काठमाडौं उपत्यका विशेष सुरक्षा प्रहरी गण त्रिपुरेश्वरमा सरूवा भएको हो ।
त्यसैगरी हालसालै बढुवा भएका १६ जना प्रहरी उपरीक्षकको पनि पदस्थापन भएको छ । यसैगरी ६ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) को पनि सरुवा गरेको छ ।
प्रधान कार्यालयको मानव स्रोत एवं प्रशासन विभागले विज्ञप्ति जारी सरुवा र पदस्थापन बारे जानकारी दिएको हो ।