नेपाल प्रहरीको प्रमुखमा वसन्त कुँवर नियुक्त

12

काठमाडौं – नेपाल प्रहरीको आईजीपीमा  वसन्तबहादुर कुँवर  नियुक्त भएका छन्। शुक्रबार बसेको मन्त्रिपरिषद्‌ बैठकले उनलाई नेपाल प्रहरीको प्रमुख बनाउने निर्णय गरेको हो।

अहिलेका आईजीपी धिरजप्रताप सिंहको कार्यकाल आज राति १२ बजेदेखि सकिँदैछ। उनी ३० वर्षे प्रहरी सेवाको उमेरहदका कारण अनिवार्य अवकाशमा जानेभएका हुन्।

त्यसअघि सरकारले शनिबारदेखि लागू हुने गरी प्रहरी प्रमुख नियुक्त गरेको हो। आईजीपी बन्ने दौडमा वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य थिए।

कुँवर डीआईजी बन्दा पनि पहिलो नम्बरमा थिए। त्यसपछि उनी एआईजी बन्दा पनि पहिलो नम्बरमै भएका हुन्। कुँवर २०५१ चैत ५ मा इन्स्पेक्टरबाट प्रहरी सेवामा प्रवेश गरेका थिए।

आजदेखि आईजीपी सिंहसहित तीन एआईजी सहकुल थापा, उत्तमराज सुवेदी र दिवेश लोहनी पनि अवकाश भएका छन्।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू